Logo

सनराइज बैंकको साधारण सभा भोलि हुँदै



काठमाडौं, १५ पुस । सनराइज बैंक लिमिटेडले साधारण सभा भोलि पुस १५ गते गर्ने भएको छ । बैंकको १४औं वार्षिक साधारण सभा अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने भएको हो ।

साथै सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

बैंकको सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएकोले पुस २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्