Logo

चीनसँग पाकिस्तानले किन्यो जे–१० लडाकू विमान



एजेन्सी, १५ पुस। चीनसँग पाकिस्तान सरकारले जे–१० लडाकू विमान किनेको छ । हिजो (बुधबार) पाकिस्तानी गृहमन्त्री शेख रशीदले चिनियाँ विमान सम्झौताको जानकारी दिएका हुन् । २५ वटा जे–१०सीको जत्था सन् २०२२ को मार्च २३ मा पाकिस्तान दिवसका अवसरमा प्रदर्शन गरिने रशीदले बताएको जनाइएको छ । विमान सबै किसिमका मौसममा उड्न समर्थ रहेको बताइन्छ । सिंगल इन्जिन भएको विमान चिनियाँ वायुसेनाको महत्त्वपूर्ण हतियार मानिन्छ।

चीनले अहिले ४६८ वटा जे–१०सी विमान उडाइरहेको जापानको रक्षा मन्त्रालयको अनुमान छ । विशेषज्ञहरूले उक्त विमान एफ–१६ विमान जस्तै भएको बताएका छन् ।चीनले यस विमानलाई उपयोग गर्ने घोषणा नगर्दै पाकिस्तानले यसलाई किन्न खोजेको थियो । तर, चीनसँग पाकिस्तानको यो सम्झौता विवादमा परेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्