Logo

हङकङको स्ट्याण्ड न्युज एजेन्सी बन्द



एजेन्सी, १५ पुस। हङकङको स्ट्याण्ड न्युज एजेन्सी बन्द भएको छ । प्रहरीले छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्युजले आफ्नो सेवा बन्द गरेको बिबिसीले जनाएको हो ।

प्रहरीले स्ट्याण्ड न्युजका सातजना पत्रकारलाई पक्राउ गरेको बिबिसीमा खबर छ । देशद्राेही समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।हिजो स्ट्याण्ड न्युजको कार्यालयमा छापा मार्न २ सय जनाभन्दा धेरै प्रहरी पुगेका थिए।

हङकङ पुलिसको भनाईलाई उदृत गर्दै बीबीसीले लेखेको छ,हामीलाई न्युज एजेन्सीको कार्यलयमा छापा मार्न अनुमति भएसँगै त्यहाँ रहेका कागजातहरुलाई समेत सँकलन गर्न निर्देशन दिइएको थियो । न्युज एजेन्सीका प्रमुख लगायत अन्य कर्मचारी गिरफतार भएसँगै न्युज एजेन्सी बन्द गरेको र अन्य कुनै अपडेट उक्त एजेन्सीले अब देखि नदिने एजेन्सीको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot