Logo

निश्चित समुहलाई कोरोना खोपको अतिरित्त डोज दिइने



काठमाडौं, १५ पुस । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशको आधारमा कोरोना भाइरस विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  समितिको सिफारिशको आधारमा निश्चित समुहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो ।

समितिले ६० वर्षभन्दा माथि र दिर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफरिश गरे अनुसार नै डोज दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएको र खोप लगाउँदा पनि एन्टीबडी नबनेका व्यक्तिहरुलाई लक्षित गर्दै मन्त्रालयले अतिरिक्त डोज दिन लागेको हो ।

यसभित्र क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति र ६० वर्ष माथिका बृद्धावृद्धाहरुलाई भेरोसेल, कोभिसिल्ड र अष्ट्राजेनिका खोप दिने तयारी सरकारले गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्