Logo

चीनमा फुटबल खेलाडीमाथि टाटु प्रतिबन्ध



एजेन्सी, १५ पौष । चीनमा फुटबल खेलाडीमाथि टाटु प्रतिबन्धको घोषणा भएको छ । राष्ट्रिय फुटबल टोलीमा समावेश हुन टाटु नभएको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

टाटु बनाएका राष्ट्रिय खेलाडीले नयाँ नियम अनुसार मेट्नुपर्ने भएको छ । चीनको खेल प्रशासनले राष्ट्रिय तहको र युवा टोलीमा टाटुलाई प्रतिबन्ध घोषणा गरेको जनाएको छ ।

चीनका कतिपय खेलाडीलाई यसअघि नै टाटु छोप्न भनिएको थियो । जसमध्ये राष्ट्रिय टोलीका रक्षापंक्तिका खेलाडी चाङ लिनपेङ पनि थिए ।

चीनमा अपराधी चिन्न टाटुलाई संकेतका रुपमा प्रयोग गरिन्थ्यो । अझै पनि टाटु संगठित अपराधको संकेतका रुपमा लिने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्