Logo

सनराइज बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं, १६ पुस । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सभा बिहीबार (हिजो) आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले मर्ज तथा एक्वीजिसनसम्बन्धी र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको बैंकले जानकारी दिएको छ ।

हाल बैंकले १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १५७ वटा एटीएम काउन्टर मार्फत ८ लाखभन्दा बढी ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्