Logo

बाक्लो हिमपातको कारण सिमकोटमा हवाई उडान बन्द, यात्रुहरु मर्कामा



हुम्ला, १६ पुस । बाक्लो हिमपातका कारण हुम्लाको सदरमुकाम सिमकोटमा हवाई उडान बन्द भएको छ । सिमकोटको यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि बाहिर जाने र हुम्ला आउने यात्रुहरु अलपत्र परेका हुन् ।

हवाई उडान नहुँदा सिमकोटबाट काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन् । बिशेष गरि बिरामीहरुलाई धेरै समस्या परेको छ ।

मंगलबार हुम्लाका अधिकांश गाउँमा हिमपात भएको छ । नाम्खा गाउँपालिकाका लिमी, मुचु, चाला, यालवाङ, यारी, हिल्सालगायत गाउँमा ४ फिटसम्म हिउँ जमेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्