Logo

हुस्सु कम भए लगत्तै विमानस्थलमा अवतरण र उडान सुरु



काठमाडौं, १६ पुस । नेपालको आकाशमा बाक्लो हुुस्सु हटेलगत्तै त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा शुक्रबार बिहानै आएका ४ वटा जहाज अवतरण गर्न नसकेर डाइभर्ट गराइएको छ । सिमराको आकाशमा ३ घन्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसेकेपछि ती जहाजहरु डाइभर्ट गरिएको हो । ३ वटा जहाजलाई ढाका र एउटालाई कोलकातामा डाइभर्ट गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot