Logo

इरानद्वारा रकेट प्रक्षेपण



एजेन्सी, १६ पुस। इरानले बिहीबार तीनवटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको त्यहाँ स्थानीय संचार मध्यमले लेखेको छ। विगतमा गरिएको परिक्षण विफल भएपछि इरानले अमेरिकाबाट निकै आलोचना सहनु परेको थियो । रक्षा मत्रालयका प्रवक्ताको भनाईलाई उदृत गर्दै डि डब्लूले लेखेको छ, ‘सिमोग्रह रकेट सफलतापूर्वक पक्षेपण गरिएको छ ।’

तीनवटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको यो पहिलो पटक रहेको जनाइएको छ। तर यद्यपि यस्तो कुनै वस्तु पृथ्वीको कक्षमा प्रवेश गरेको भन्ने तथ्य स्पष्ट भइसकेको छैन ।

इरानको सरकारी टेलिभिजन लगायत इरानका अन्य अर्धसरकारी समाचार निकायहरुले कुन समय सो प्रक्षेपण गरिएको र त्यसमा केके उपकरण राखिएको भन्ने उल्लेख गरेका छैनन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot