Logo

रुसद्वारा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण



एजेन्सी,१७ पुस। रुसले हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको छ। शुक्रबार रुसले एक फ्रिगेटबाट करिब १० ओटा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो भने थप दुईओटा मिसाइल पनडुब्बीबाट गरेको इन्टरफ्याक्स समाचार एजेन्सीमा खबर छ ।

रुस पनि हतियारको नयाँ पुस्ताको एक हिस्सा बनेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। उनले यसअघि गत साता गरिएको मिसाइल परीक्षणलाई देशको महत्वपूर्ण घटना भएको बताएका थिए।

एक सम्बोधनको क्रममा पुटिनले रुसको रक्षा क्षमता बढाउने दिशामा यो कदम निकै महत्वपूर्ण भएको बताएका थिए। यद्यपि केही विशेषज्ञहरुले भने रुसको हतियार प्रभावकारी हुनेमा आशंका व्यक्त गरेका छन्। सन् २०१८ मा पुटिनले हाइपरसोनिक क्रुज मिसाइलले विश्वको कुनै पनि स्थानलाई निशाना बनाउन सक्ने र अमेरिकाको मिसाइल सुरक्षा प्रणालीलाई पनि यसले तोड्न सक्ने बताएका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्