Logo

केन्द्रीय समिति र पदाधिकारी सहमतिबाटै चयन हुने प्रचण्डको भनाई, सहमति नभए निर्वाचन गरिने



काठमाडौं, १७ पुष । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सहमतिबाट नै पदाधिकारी र केन्द्रीय समिति चयन हुने बताएका छन् । यसको लागि अहिले सहमतिको प्रयास जारी रहेको दाहालको भनाई छ । आज (शनिबार) महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘सबैको कोशिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं, कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई साँझ ५ बजेसम्मको समय दिइएको छ । त्यतिवेलासम्म पनि सहमति नभए निर्वाचन प्रक्रिया अघि बढाईने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot