Logo

भारतका रक्षा प्रमुख विपिन रावतसहित १३ को ज्यान गएको होलिकोप्टर दुर्घटनाको कारण खुल्यो



एजेन्सी, १७ पौष । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहित १३ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छ । दुर्घटनाबारे छानविन गरिरहेको कमिटिले मानवीय वा प्राविधिक त्रुटीबाट नभएको पत्ता लगाएको हो ।

इन्डियन एक्सप्रेसले मानवीय र प्राविधिक त्रुटीले भन्दा पाइलटले अञ्जानमा पहाडको सतहमा हेलिकोप्टर ठोक्काएको स्रोतको भनाई भन्दै उल्लेख गरेको छ । घटनामा पाइलटको पनि कुदै दोष नरहेको हेलिकोप्टर पनि अत्याधुनिक रहेको भनेको छ ।

मौसमको खराबीले भिजिविलिटी कम हुँदा पनि घटना भएको हुनसक्ने स्रोतको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । हेलिकोप्टरको ब्ल्याक बक्स तत्काल फेला परेको थियो ।

जनवरी महिनामै अन्तिम रिपोर्ट बुझाउने गरी छानविन कमिटीले काम गरिरहेको उल्लेख छ ।

जनरल विपिन रावत उनकी पत्नी, उच्च सैनिक अधिकारीसहित १३ जना चढेको हेलिकोप्टर ८ डिसेम्बरमा तामिल नाडुको पहाडमा दुर्घटनाग्रस्त भएको थियो । घटनामा तीनजनाको उद्धार गरिएपनि उपचारका क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्