Logo

मारिबमा यमनी सेनाको कारबाहीमा ३७ जना हुथी विद्रोही मारिए



१८ पुस : यमनी सैनिकसँगको भिडन्तका क्रममा त्यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । त्यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् ।

त्यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् । उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए ।

त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्तका क्रममा ३७ जना हुथीहरु मारिएका र अरु केही घाइते भएका बताइएको छ । उता साउदी अरेबिया नेतृत्वको सेनाले सोही शहरमा हवाई कारबाही पनि गरेको छ । सो कारबाहीमा परी दर्जनौँ हुथी विद्रोही मारिएको बताइएको छ । साथै सो सेनाले ठूलो मात्रामा हुथीहरुका आश्रयस्थल पनि ध्वस्त पारिदिएको पनि बताएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot