Logo

प्रधानन्यायाधीशसँग इन्टरभ्यु लिएको विषयमा ऋषि धमला र डा‍. शेखर कोइरालाबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अदालतको समस्या समाधानको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू कहाँ छु ? भनेर विचार गर्नुपर्ने सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले न्यायापालिकाभित्रको विवाद समाधानको लागि राज्यले (सरकार) ले पहलकदमी लिनुपर्नेमा जोड दिए । उनले शक्ति पृथकीकरणको नाममा राज्य न्यायपालिकाको विवादबारे चुप लागेर बस्न नहुने पनि धारणा राखे । उनले सरकारले अब यो विवाद समाधानको लागि पहल हुनुपर्ने बताए । उनले प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने सुझाव दिए ।

कोइरालाले प्रधानन्यायाधीश जबराले ऋषि धमलालाई ईन्टरभ्यु नै दिन नहुने थियो भनेर टिप्पणी गरे । उनले भने,‘म के भन्छु भने प्रधानन्यायाधीशले सबभन्दा पहिलो कुरा त ऋषि धमलालाई ईन्टरभ्यु नै दिनुहुँदैन थियो, सबभन्दा गलत काम त उहाँले त्यही गर्नुभयो । प्रधानन्यायाधीशले ईन्टरभ्यु दिएर हिँड्ने संस्था नै होईन त्यो ।”

उनले लोकतन्त्रमा प्रधानन्यायाधीशले पनि आफ्नो कुरा राख्न पाउनेबारे पत्रकार धमलाले सम्झाएको कुरामा पनि आपत्ति जनाए । उनले थपे–‘तपाईँहरु यो डेमोक्रेसीको नाममा छाडातन्त्र नल्याउनुहोस ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot