Logo

इजरायलमा भेटियो ‘फ्लोरोना’ भाइरस, कोरोनाभन्दा खतरनाक



एजेन्सी, १८ पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्व नै अक्रान्त भइरहेका बेला इजरायलमा ‘फ्लोरोना’ नाम गरेको नयाँ भाइरसको पहिलो केस पत्ता लागेको छ। अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’ रहेको छ। गर्भवती महिलामा उक्त भाइरसको पहिलो संक्रमण देखिएको हो ।

अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ। यसैबीच इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय गरेको छ। इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ। इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्