Logo

पाल्पा बस दुर्घटना (अपडेट) : मृतकको संख्या ८ पुग्यो



पाल्पा, १८ पुस। पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको जानकारी गराएका छन् । उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।-File Photo

‘पाल्पामा बस दुर्घटना, सात जनाको मृत्यु’



प्रतिक्रिया दिनुहोस्