Logo

‘ए’ डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै



काठमाडौं, १८ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल मात्र हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अप्रहान्न ४ः४५ बजे सुरु हुनेछ ।

मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मछिन्द्र आज जित निकाल्दै शीर्ष स्थानमा उक्लीनपर्ने दबावमा रहेको छ ।

यस्तै, पुलिस ६ खेलमा ६ अंक जोड्दै दशौँ स्थानमा रहेको छ । पुलिस पनि आज आफ्नो अंक सुर्धान चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्