Logo

८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको नेतृत्व



काठमाडौं, १८ पुस । टाटा मोटर्सले व्यवसायिक र निजी दुबै प्रायोजनका लागि गाडीहरूको व्यवस्था गरेको छ । निजी गाडीहरूको बारेमा कुरा गर्दा टाटाको आफ्नो न्यु फरएभर रेञ्ज अन्तर्गत टियागो, अल्ट्रोज, टिगोर, ह्यारियर, सफारी, पञ्च, एनआरजी लगायतका अन्य मोडलहरू उपलब्ध गराएको जनाएको छ ।

टाटाको उत्कृष्ट गुणस्तरीय निर्माणहरूले ग्लोबल एनक्यापद्वारा गरिएको कार क््रयास परीक्षण प्रमाणित फाइभ स्टार रेटिङ्ग समेत प्राप्त गरेको छ । टाटाले स्टाइलिश तरिकाले उत्कृष्ट प्रदर्शन र मल्टि–ड्राइभ मोडहरू प्रदान गर्दै आएको छ ।

टाटाको आकर्षक डिजाइन, उत्कृष्ट प्रस्तुति र सुरक्षा सुविधाहरू सहितको आधुनिक निर्माणको कारण स्विफ्ट, ग्रान्ड i10 डिजायर, म्याग्नाइट, काइगर, हुन्डाई ष्द्दण् र मारुती सुजुकी बलेनो लगायतका अन्य प्रतिस्पर्धीहरूलाई उछिन्न सफल भएको छ । यसबाहेक टाटा मोटर्सले आफ्नो विभिन्न मोडेलको गाडीहरू सुलभ एवं आकर्षक मुल्यमा ल्याएको छ । जसले ग्राहकहरूलाई आफ्नो लगानीको सहि सदुपयोग भएको महसुस गराउनेछ ।

पछिल्लो समय गाडी खरिदकर्ताहरूको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संबेदनसिलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ । स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्ने जनाएको छ । ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्यांकनका लागि उतm गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ । मारुती स्वीफ्ट, हुन्डाई ग्रान्ड आई १० निओस र मारुती वागन–आर यस्ता लोकप्रिय अटोमोबाइल हुन् तर जसले ग्लोबल एनक्यापबाट खासै राम्रो ¥याङ्किङ्ग प्राप्त गर्न सकेका छैनन् ।

टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर(ज्छ), सफारी र पन्च उत्पादन गर्दछ । यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षामा छ(क्तबच प्राप्त गरेका छन्, यता टियागो, टिगोर, टिगोर इभीले 5-star प्राप्त गरेका छन् । ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये छ वटा टाटा मोटर्स नै छ, जबकि यसका प्रतिस्पर्धीहरू कमजोर रेटिङ र न्यून स्तर मै सिमित छन् । यस नतिजालाई हेर्दा भन्न सकिन्छ, टाटा मोटर्स उपलब्ध मध्ये सबैभन्दा सुरक्षित सवारीहरू हुन् । बजारमा उपलब्ध अन्य लोकप्रिय कारहरूस“ग टाटा कारका विभिन्न मोडेलमा भएका खास भिन्नताहरू यस प्रकार छन् ।

टियागो भर्सेस स्वीफ्ट भर्सेस ग्र्यान्ड आई १० निओस
टाटा टियागोमा १,१९९ सीसीको इन्जिन छ, जबकि ग्र्यान्ड आई १० निओस र स्वीफ्टमा १,१९७ सीसीको इन्जिन उपलब्ध छ । माइलेजको हिसाबले हेर्दा ग्र्यान्ड आई १० निओसमा २१ किलोमिटर प्रतिलिटर माइलेज छ, जबकि स्वीफ्टमा २३.७६ किलोमिटर प्रतिलिटर माइलेज छ भने टियागोमा २३.८६ किलोमिटर प्रतिलिटर माइलेज छ । टाटा टियागोका ११ भेरिएन्ट, मारुती स्वीफ्टका ९ भेरिएन्ट र ग्र्यान्ड आइ १० निओसका चार भेरिएन्ट उपलब्ध छन् । सुरक्षा रेटिङका हिसाबले पनि टियागो अगाडि छ । टाटा टियागोले सेफ्टी रेटिङमा ग्लोबल एनक्याप द्ध(कतबच प्राप्त गरेको छ । उता सेफ्टी रेटिङमा मारुती स्वीफ्ट जिरो (०) छ भने ग्र्यान्ड आई १० ले सेफ्टी रेटिङमा द्द(कतबच मात्रै प्राप्त गरेको छ ।

टिगोर भर्सेस डिजायर
टाटा टिगोरमा ह्वीलबेस २,४५०mm र डाइमेन्सन ३,९९३mm ह १,६७७mm ह १,५३२mm छ भने मारुती सुजुकी डिजायरको ह्वीलबेस २,४५० mm र डाइमेन्सन ३,९९५ ह १,७३५ mm ह १,५१५ mm छ । सुजुकी डिजायरको इन्जिन १,१९७ सीसीको छ, जबकि टिगोरको इन्जिन १,१९९ सीसीको छ । अर्को कुरा, डिजायरले २४.१२ किलोमिटर प्रतिलिटर र टिगोरले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । सुरक्षाको कुरा गर्दा डिजायरले ग्लोबल एनक्याप द्द(कतबच मात्रै प्राप्त गरेको छ भने टिगोरले चाहि“ द्ध(कतबच नै प्राप्त गरेको छ ।

पन्च भर्सेस म्याग्नाइट भर्सेस काईगर
काईगर र म्याग्नाइटमा ९,९९ सीसीको उस्तै इन्जिन छ तर, टाटा पन्चमा १,१९९ सीसीको इन्जिन छ । रेनो काईगरको माइलेज २०.५३ किलोमिटर प्रतिलिटर, पन्चको माइलेज १८.९७ किलोमिटर प्रतिलिटर र म्याग्नाइटको माइलेज २०.० किलोमिटर प्रतिलिटर छ । काईगर र म्याग्नाइटको ग्राउन्ड क्लियरेन्स २०५ mm छ तर टाटा पन्चमा १८७ mm मात्र छ । टाटा पन्चमा सुरक्षाबाहेक ट्र्याक्सन कन्ट्रोल, अटो–डिमिङ, रियर–भ्यु, इबीडी र आईएसओ फिक्स प्रविधि उपलब्ध छन् तर काईगरमा यी सुविधा उपलब्ध छैनन् ।

निसान म्याग्नाइट सब–कम्प्याक्ट एसयुभीले क्र्यास टेस्टमा एसियन एनक्याप द्ध(कतबच सुरक्षा रेटिङ प्राप्त गरेको छ, जबकि ग्लोबल एनक्यापले टाटा पन्चलाई छ(कतबच र काईगरलाई द्ध(कतबच सुरक्षा रेटिङ प्रदान गरेको छ ।

टाटा अल्ट्रोज भर्सेस हुन्डाई आई २० भर्सेस मारुती सुजुकी बलेनो
टाटा अल्ट्रोजको डाइमेन्सन ३,९९० mm ह १,७५५ mm ह १,५२३ mm छ भने हुन्डाई आई २० को ३,९९५ mm ह १,७७५ mm ह १,५०५ mm रहेको छ । र, मारुती सुजुकी बलेनोको लम्बाइ ३,९९५ mm, चौडाइ १,७४५ mm र उचाइ १,५१० रहेको छ । टाटा अल्ट्रोजको बुट साइज ३४५ लिटर छ, जबकि आई २० र सुजुकी बलेनोको क्रमशः २८५ र ३३९ लिटर रहेको छ ।

हुन्डाई आई २० र बलेनोमा १७० mm को ग्राउन्ड क्लियरेन्स छ भने अल्ट्रोजको ग्राउन्ड क्लियरेन्स १६५ mm छ । हुन्डाई र बलेनोको तुलनामा टाटा अल्ट्रोज सबैभन्दा आरामदायी र फराकिलो छ । टाटा अल्ट्रोज र हुन्डाई आई २० ले एडल्ट अकुपेन्ट प्रोटेक्सन छ(कतबच प्राप्त गरेको छ, जबकि बलेनो ग्लोबल एनक्याप रेटिङमा कुनै स्टार पाएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्