Logo

नायिका मृणाल ठाकूरलाई कोरोना संक्रमण



एजेन्सी, १८ पुस । बलिउडकी नायिका मृणाल ठाकूरलाई कोरोना संक्रमण भएको छ । उनले इन्टाग्राममार्फत कोरोना संक्रमण भएको बताएकी हुन् ।

उनले इन्टाग्राममा लेखेकी छिन्,‘मलाई कारोना संक्रमण भएको छ । र, मेरो अवस्था अहिले सामान्य छ । मैलै आफैलाई आइसोलेसनमा राखेकी छु।’ उनले सम्पूर्णलाई सर्तक रह्न समेत आग्रह गरेकी छिन् । उनले भनेको विषयलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोना परिक्षण गर्न आग्रह गर्दछु ।’

उनी हाल जर्सि फिल्ममा अभिनय गरेकी छिन् । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहँदा फिल्म तत्काल रिलिज नहुने जनाइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्