Logo

सिरहाका एसपी पाण्डेलाई हेडक्वार्टर तानियो



काठमाडौँ, १९ पुस। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट प्रहरी प्रधान कार्यालयले हटाएको छ। एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता आन्दोलन र तोडफोडमा उत्रिएपछि एसपी पाण्डेले पक्राउ गरी कारबाही अघि बढाएका थिए। उक्त विषयलाई लिएर सिके राउतले एसपी पाण्डेलाई चोकमा ल्याएर कारबाही गर्ने धम्की दिएका थिए। राउतले यस्तो धम्की दिएको एक साता नबित्दै एसपी पाण्डे प्रहरी हेडक्वाटरले जिम्मेवारीबाट हटाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot