Logo

सत्तारुढ गठबन्धनको निस्कर्ष: एमालेले जितेका सिटमा भागबण्डा गरिने, पुरानो सिट कायमै राखिने



काठमाडौँ, १९ पुस। सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको हो ।

आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उमेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको जनाइएको छ । त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबण्डा गरिने बुझिएको छ ।

नेकपा (एमाले)बाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपाले लिने सहमति भएको छ भने नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले एक एक सिट लिनेगरी सहमति जुटेको छ ।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्