Logo

राष्ट्रियसभा निर्वाचनः यी हुन कांग्रेसका ६ सिटको लागि उम्मेदवार



काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार कांग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदावरको भागबण्डा गर्दा कांग्रेसको भागमा ६ सिट परेको थियो । सोही ६ सिटका लागि कांग्रेसले उम्मेदवार छनोट गरेको हो।



प्रतिक्रिया दिनुहोस्