Logo

जनमोर्चाबाट राष्ट्रियसभामा एकमात्र उम्मेदवार राजेश विश्वकर्मा को हुन् ?



काठमाडौं, १९ पौष । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभामा एकमात्र उम्मेदवारका रुपमा राजेश विश्वकर्मालाई अगाडि सार्ने निर्णय गरेको छ । सत्ता गठबन्धनका पाँच दलबीच आज भएको सहमति अनुसार जनमोर्चाले एक सिट पाएको थियो ।

जनमोर्चाबाट उम्मेदवार टुंगो लागेका राजेश विश्वकर्मा प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य हुन् । उनी जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारमा आवद्ध थिए । उनी त्यसको केन्द्रीय सदस्य हुँदै सल्लाहकार भएका थिए । विश्वकर्मा रुपन्देहीका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot