Logo

भारतबाट आएका नौ जनामा कोरोना संक्रमण, ओमिक्रोन भए नभएको पुष्टिहुन बाँकी



काठमाडौं, पुस २० । नेपालगञ्ज नाकामा एकैदिन नौ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन् । साउनयता एकैदिन यतिका धेरै संक्रमित पुष्टि भएको पहिलो घटना हो ।

भारतमा ओमिक्रोनका संक्रमित बढ्दै जाँदा त्यसको असर नेपालमा देखा पर्न थालेको छ । नेपालगञ्ज नाकामा कोरोना पुष्टि भएका व्यक्तिमा ओमिक्रोन छ कि छैन भन्ने बुझ्न सबैको स्याम्पल संकलन गरिएको छ । त्यो स्याम्पललाई काठमाडौं पठाउने तयारी भएको छ ।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका ३सय ७ जनाको जाँच गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ । ९ जनामा ७ पुरुष र २ महिला रहेका छन् । भारतको हरिद्वारबाट आएका कालिकोटका ४ जना, दिल्लीबाट आएका दाङका ३ जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका २ जनामा कोरोना पुष्टि भएको हो ।

भारतमा ओमिक्रोनको संक्रमित ह्वात्तै बढेपछि नेपालगञ्ज नाकामा फेरि सतर्कता अपनाएर जाँचलाई कडाई गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्