Logo

बैंक अफ काठमाण्डूद्धारा स्मार्ट बीओके बचत खाता सञ्चालन



काठमाडौं, २० पुस । बैंक अफ काठमाण्डूले स्मार्ट बीओके बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटका साथ उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकको अनुसार उक्त बचत खाता ग्राहकले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्ने सकिन्छ । यो बचत खाता खोल्दा ग्राहक ६.५५ प्रतिशत वार्षिक व्याजदरसहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओके इ–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ सेवामा धेरै छुटको फाइदा उपयोग गर्न सक्ने बताइएको छ ।

उक्त बचत खाताले ग्राहकले बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास लिएको बैंकले जनाएको छ । बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्