Logo

मेरो देशको प्रजातन्त्र लुटतन्त्र भैसक्यो : चन्द्र भण्डारी (भिडिओसहित)



काठमाडौं, २० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालको राजनीति मरिसकेको अवस्थामा रहेको स्मरण गराउँदै अहिले युवाहरुलाई नेतृत्वमा ल्याएर ईन्जेक्सन लगाएको जस्तो भएको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले पराजित भएर पनि युवा वर्गलाई नेतृत्वमा ल्याएको दाबी गरे ।

उनले नेपालमा भ्रष्टाचार व्याप्त रहेको दुःखेसो पोखे । उनले ठूलो ओहोदामा बसेकाहरुमा देशप्रति माया नभएको पनि टिप्पणी गरे । उनले कानूनले काम नगरेको कारण आज भ्रष्टाचार मौलाएको सुनाए । उनले देशको प्रजातन्त्र लुटतन्त्र भैसकेको पनि आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्