Logo

मुस्लिम महिलालाई ‘बुल्ली बाई’ एपमार्फत् बिक्रीमा राख्ने आरोपी पक्राउ



एजेन्सी, २० पुस। ‘बुल्ली बाई’ एपमार्फत् भारतीय मुस्लिम महिलालाई बिक्रीमा राखेको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले २१ वर्षीय युवकलाई बैंगलुरुबाट पक्राउ गरेको बिबिसीले जनाएको हो। भारतीय मुस्लिम महिलाको फेक अकाउन्ट बनाइ बिक्रीमा राखेको भन्दै ती व्यक्तिविरुद्ध उजुरी परेको थियो।

उजुरीको आधारमा प्रहरीले आज (मंगलबार) उनलाई पक्राउ गरेको जनाइएको छ। युवक बैंगलुरु इन्जिनियरिङ गरिरहेको र उनको कुनै पहिचान अहिले सम्म खुलाइएको छैन।

यसअघि सयौं मुस्लिम महिलाको फोटोबाट फेक अकाउन्ट बनाइ बुल्ली बाई एपमार्फत् बिक्रीमा राख्ने गरेको भन्दै भारत सरकारले उक्त एप र वेवसाइट बन्द गराएको थियो। पत्रकार, अधिकारकर्मी, सामाजिक अभियन्ता, कलाकार र अन्य सेलेब्रेटीलगायत एक सयभन्दा बढी मुस्लिम महिलाको तस्बिरबाट फेक अकाउन्ट बनाई बिक्रीमा राखेको पाइएको थियो।

 

‘‘बुल्ली बाई’ नामक मोबाइल एपमा मुस्लिम महिलालाई बिक्रीमा राखेपछि…’



प्रतिक्रिया दिनुहोस्