Logo

लाभांश पारित गर्दै नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न



काठमाडौं, २१ पुस । नेपाल एसबिआई बैंकले २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३.५० प्रतिशत बोनश शेयर र १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । साधारणभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, वित्तीय विवरण लगायतका विवरणलाई पारित गरेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३.५० प्रतिशत बोनश शेयर र १.८१ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । बोनश शेयर पारित भए सँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्