विराटनगर, २१ पुस । विराटनगरस्थित नोवेल मेडिकल कलेज तनावग्रस्त बनेको छ । अतिरिक्त शुल्क विवाद कायम रहेको अवस्थामा एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरुको पक्षमा समर्थन जनाउदै विभिन्न संगठनका नेता कार्यकर्ताहरुले अस्पताल तोडफोड गरेका हुन् ।
अतिरिक्त शूल्क नबुझाएको भन्दै कलेजले ८० जना विद्यार्थीहरुलाई २ हप्तादेखि कक्षा प्रवेश गर्न दिएको छैन् । नोवेल परिसरमा अहिले ठुलो संख्यामा प्रहरी परिचालित गरीएको छ ।
१४ लाख ८५ हजार रुपैयाँ बुझाएका विद्यार्थीहरुसँग कलेजले विभिन्न शिर्षकमा ४ लाख भन्दा बढी रकम असुल्न खोजेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।