Logo

प्रचण्ड छोरी ज्वाईंसहित हात्तीवनमा



काठमाडौं, २२ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार परिवारसहित हात्तीवन पुगेका छन् । उनी बिरामी श्रीमती सीता दाहालसहित राति वास बस्न हात्तीवन पुगेका हुन् ।

उनको साथमा कान्छी छोरी गंगा र ज्वाईं, खुमल्टारका घरबेटी तथा बाटो बनाउने ठेकेदार शारदा अधिकारीसमेत रहेको समेत रिसोर्टमा पुगेको सचिवालयले जनाएको छ । अब केही बेरपछि काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

महाधिवेशन र एमसीसीको तनावबाट केही क्षण आराम लिन अध्यक्ष दाहालले शान्ति खोज्न हात्तीवन रिसोर्ट पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्