Logo

दाङ जिप दुर्घटनाः ६ जना घाइते, ३ जनाको अवस्था गम्भिर



दाङ, २२ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते छन् । घाइते हुनेमा प्रदीप चौधरी, विनोद चौधरी, आकृति पाण्डे, सिर्जना सुनार, भानुप्रसाद गुप्ता, बिनिता लुहार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिप दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा गम्भिर चोट लागेको छ । अन्य घाइतेको मुख र हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्