Logo

बीमा कम्पनीबाट अभिकर्तालाई दिइने कर्जामा रोक



काठमाडौं, पुस २३ । बीमा समितिले बीमा अभिकर्ताहरूलाई कर्जा दिने विषयमा नीतिगत रूपमै रोक लगाएको छ । समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीबाट अभिकर्ताहरूलाई दिइने कर्जामा रोक लगाएको हो ।

अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला अभिकर्तालाई कर्जा दिन सक्ने व्यवस्था थियो । समितिले अहिले आएर उक्त व्यवस्थालाई हटाएको हो ।

समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले अब कम्पनीहरूले अभिकर्तालाई कर्जा दिन नपाउने बताए । कम्पनीहरूले अब बीमित र कर्मचारीहरूलाई मात्र कर्जा दिन पाउने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्