Logo

दूधको मूल्य निर्धारणको तयारी



काठमाडौं, पुस २३ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरिसकेपछि अब दूधको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गराएको छ । सो अध्ययनका आधारमा प्रतिवेदन तयार गर्ने काम भइरहेको बोर्डका प्रमुख डा राजेन्द्र यादवले बताए ।

उनले भने, “हामीले आइतबारसम्म प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाइदिन्छौँ । मन्त्रालयले त्यसलाई अध्ययन गरेर दूधको मूल्य निर्धारण गर्नेछ । ”

पुस मसान्तभित्र दूधको मूल्य निर्धारण हुने चर्चा गर्दै उहाँले प्रदेशबाट अध्ययन गरेर आएका डकुमेन्टलाई अध्ययन गर्ने काम भइरहेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्