Logo

देव गुरुङ्गद्वारा एमसीसीमार्फत् सिस्टम भत्काउन खोजेको आरोप



काठमाडौं, २३ पौष । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्गले अमेरिकी सहयोगसम्बन्धी एमसीसी योजनावद्ध तरिकाले सिस्टम भत्काउने उद्देश्यका साथ ल्याइएको आरोप लगाएका छन् । उनले सिस्टम भत्काएर संयुक्तराष्ट्रसंघको आवरणमा बाह्य शक्तिहरुले खेल्ने मैदान बनाउने दिशामा देश जानसक्ने बताएका हुन् ।

‘यो आर्थिक आवरणमा ल्याएको सैन्य योजना हो ,’ एमसीसीबारे न्यूज एजेन्सी नेपालसँगको अन्तवार्तामा गुरुङ्गले भने,‘सिस्टम ड्यामेज गराउने, अनमिन र राष्ट्रसंघको आवरणमा बाह्य शक्तिहरुले खेल्ने ग्राउण्ड बनाउने दिशामा देश जानसक्छ ।’

एमसीसी पारित गराउन सक्यो भने संविधान निष्कृय हुने, अदालत निष्कृय गराउने खेलहरु भइरहेको टिप्पणी गरे । एमसीसी सैन्य योजना भएकाले संविधान निष्कृय गराउन सकिने भएकाले त्यस अनुसार चाल चलिएको बताए ।

एमसीसी अमेरिकाले नेपालमा सैन्य शक्ति सञ्चालनका लागि षड्यन्त्र गरेको उनको आरोप थियो । देशमा ठूलो राजनीतिक अस्थिरता ल्याउने चलखेल भइरहेको गुरुङ्गको टिप्पणी थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्