Logo

हाइटीमा टि मकाक गिरोहद्वारा दुई पत्रकारको जिउँदै जलाएर हत्या



एजेन्सी, २३ पुस। हाइटीमा एक समुहले दुई पत्रकारलाई जिउँदै जलाएका छन् । हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले लेखेको छ । तेश्रो पत्रकार भने मौकामा भाग्न सफल भएको सीएनएनले लेखेको छ। विल्गेन्स लुइसेन्ट र अमाडी जोन वेस्ली नाम गरेका दुई पत्रकारलाई एक गिरोहले मारेको जनाइएको छ ।

पत्रकारलाई त्यस क्षेत्रमा सुरक्षाको अभावको रिपोर्टिंग गर्ने क्रममा पहिला गोली हानिएको र जिउदै जलाएर मारिएको जनाइएको छ । आक्रमणहरू पोर्ट-ओ-प्रिन्समा चरम हिंसा र बिग्रँदै गएको सुरक्षा अवस्थाको पृष्ठभूमिमा आएका छन्, प्रतिद्वन्द्वी समूहहरू एकअर्कासँग लडिरहेको बताइएको छ । गत वर्ष जुलाईमा, हाइटीका राष्ट्रपति जोभेनेल मोइसेलाई उनको निजी निवासमा आक्रमणको क्रममा हत्या गरिएको थियो, जुन घटनाले हाइटीमा हिंसा र बढ्दो मानवीय संकटलाई झन् संकटमा पुर्याएको छ ।-Photo Source: CNN



प्रतिक्रिया दिनुहोस्