Logo

कोरोना संक्रमितको संख्या बढ्दै, ओमिक्रोन पुस्टि गर्न दाङबाट २० जनाको स्वाब काठमाडौँमा



दाङ, २३ पुस । दाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ओमिक्रोन भए नभएको परीक्षण गर्न २० वटा नमुना स्वाब काठमाडौँ पठाएको छ। तुलसीपुरका विभिन्न शिक्षक तथा विद्यार्थीमा पाँच दिनमा ८४ जना शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय दाङका अनुुसार नयाँ भेरिएन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडौँ पठाइएकोे हो ।

रुघाखोकी लागेका र ज्वरो आएकाहरुको एन्टिजेनमार्फत कोरोना जाँच गर्दा ५ दिनको अवधिमा ८४ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण बढ्न थालेपछि तुलसीपुरका ३ वटा विद्यालय बन्द गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस्