Logo

चन्द्रदेव जोशीलाई ऋषि धमलाको प्रश्न : ललिता निवास जग्गा प्रकरणमा तपाईको नाम कसरी जोडियो ? (भिडिओसहित)



काठमाडौं, २३ पुष । नेकपा (संयुक्त) का अध्यक्ष तथा पूर्वमन्त्री चन्द्रदेव जोशीले आफ्नो नाम ललिता निवास जग्गा प्रकरणमा कसरी जोडियो भनेर आश्चर्य प्रकट गरेका छन् । उनले आफू यो प्रकरणमा संलग्न नरहेको पनि स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई ललिता निवासमा सरकारी जग्गा थियो भन्ने पनि थाहा नभएको स्पष्ट पारे ।

उनले भने–‘ललिता निवास कहाँ थियो ? भन्ने त्यो पनि थाहा थिएन ।’ उनले नेपालमा सबै कम्युनिष्टहरु बुर्जुवा र पुँजीवादी कम्युनिष्ट रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्