Logo

पूर्वमन्त्री नवीन्द्रराज जोशीको सम्झनामा दीप प्रज्ववलन



काठमाडौं, २३ पौष । पूर्वमन्त्री नवीन्द्रराज जोशीको सम्झनामा दीप प्रज्ववलन भएको छ । आज राजधानीमा स्वर्गीय जोशीको ५९औं जन्मजयन्तीमा शान्तिबाटिकामा दीप प्रज्ववलन भएको हो ।

दीप प्रज्ववलनमा नेपाली काँग्रेसका नेता कार्यकर्ता, नेविसंघका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

पूर्व सांसद समेत रहेका जोशीको सम्झनामा आयोजित दीप प्रज्ववलनमा केन्द्रीय सदस्यहरु नैनसिंह महर, कुन्दनराज काफ्ले, काठमाडौं जिल्ला काँग्रेस सभापति सबुज बाँनिया, सांसद प्रकाश रसाइली, पूर्वसांसद कञ्चन बादे श्रेष्ठलगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्