Logo

नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण



काठमााडौं, पुस २४। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा कोरोना देखिएको र अब १४ दिन आइसोलेसनमा बस्ने श्रेष्ठले जानकारी गराएका छन्।

‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु,’ उनले फेसवुकमा लेखेका छन्, ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु।हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु।’

माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय नै बन्द गरिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालसमेत आइसोलनेसनमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्