Logo

यस्ता छन् एन्फा १५औं कार्यसमिति बैठकका १२ निर्णय (निर्णयसहित)



काठमाडौं, २४ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५औं कार्यसमितिको बैठक हिजो (शुक्रबार) सम्पन्न भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुस २२ र २३ गते बसेको १५औं कार्यसमिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ ।

बैठकले बिभिन्न प्रतियोगितामा विजेता तथा उपविजेता भएका खेलाडीहरुलाई दिइने भनेको पुरस्कारको सम्बन्धमा एन्फा अध्यक्षको संयोजकत्वोमा समिती गठन गरि १५ दिन भित्र पुरस्कारको मापदण्ड तयार पारेर पुरस्कार प्रदान गर्ने निर्णय पारित गरेको छ ।

यस्तै, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले आगामी फागुन १५ देखि ३० गतेसम्म जिल्ला संघ र चैत १ देखि १० गतेसम्म प्रदेश संघको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सहिद स्मारक ए, बी र सि डिभिजन लिगका टिमलाई तयारी स्वरुप दिइदै आएको खर्चमा थप नेरु २ लाख ५० हजार थप्ने निर्णय पारित गरेको छ ।

साथै, बैठकले अन्य बिभिन्न निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्