Logo

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो



काठमाडौं, २५ पुस । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ग्रानडाको घरेलु मैदानमा भएको खेलमा सम्हालिन नसक्दा बार्सिलोना अंक बाड्न बाध्य भएको हो ।

खेलको ५७औं मिनेटमा लुक डी योङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

७९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८९औं मिनेटमा एन्टोनियो पुएरटासले गोल गर्दै ग्रानडालाई हारबाट जोगाएका थिए ।

यस बराबरीसँगै २० खेलमा ३२ अंक जोडेको बार्सिलोना छैटौं स्थानमा रहेको छ भने ग्रानडा २४ अंकका साथ १२औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्