Logo

भारतमा थप १ लाख ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, २५ पुस। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार भन्दा बढीमा कोरोना भाइरस पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार आज (आइतबार) १ लाख ५९ हजार ६३२ नयाँ केसहरु भेटिएका हुन् । यो अवधिमा ३२७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय केसहरुको संख्या ५ लाख ९० हजार छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४ लाख ८३ हजार ७९० जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरिएन्टमा केसहरु पनि लगातार बढ्दै गइरहेका छन् देशमा अहिलेसम्म ३ हजार ६ सय २३ ओमिक्रोनका केसहरु भेटिएका छन् । ओमिक्रोनबाट संक्रमित १ हजार ४०९ जना निको भएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्