Logo

अस्ट्रेलिया र इङ्ल्यान्ड बराबरीमा रोकिए



काठमाडौं, २५ पुस । एसेस शृङ्खलाको चौथो टेस्ट क्रिकेट बराबरीमा टुङ्गीएको छ ।

सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट गुमाएर दुई सय ७० रनमात्रै बनाउन सक्यो ।

खेल सकिन तीन ओभर बाँकी रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ल्यान्डको नवौँ विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर बाँकी दुई ओभरमा अस्ट्रेलियाले एक विकेट लिन नसकेपछि खेल बराबरीमा सकिएको थियो ।

तेस्रो टेस्टमा शतक प्रहार गरेका अस्ट्रेलियाका उसमान ख्वाजाले चौथो टेस्टमा पनि शतक प्रहार गर्न सफल भएका थिए ।

अस्ट्रेलियाका लागि स्कट बोलान्डले ४, प्याट कमिन्स र नाथन लायनले समान २–२ तथा मिचेल स्टार्च र क्यामरन ग्रिनले १–१ विकेट हात पारे ।

यो नजितासँगै अस्ट्रेलियाले ५ खेलको सिरिजमा ३–० को अग्रता लिएको छ । अब यी दुई टोलीबिचको पाँचौँ तथा अन्तिम टेस्ट जनवरी १४ देखि होबार्टमा सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्