Logo

साइप्रसमा भेटियो नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’



एजेन्सी, २५ पुस। साइप्रसमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेट्टिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइप्रसका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको शनिबार जनाएका हुन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट ‘डेल्टाक्रोन’ पत्ता लगाएका हुन् ।

इन साइप्रस न्युज एजेन्सीका अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् । नयाँ भेरियन्ट भेटिएपनि त्यसबाट डराइहाल्नु पर्ने अवस्था नरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्