Logo

झारफुक केन्द्रमा उपचार गराउँदा १४ वर्षीया बालिकाको मृत्यु



काठमाडौं, २५ पुस । काठमाडौंमा माताको झारफुकमा उपचाररत एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरमा बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा बालिकाको मृत्यु भएको हो। बालिकाको मृत्यु भएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको जनाएको छ ।

पारिवारिक स्रोतको अनुसार बालिका बिरामी भएपछि झारफुक केन्द्रको बारेमा थाहा पाएर बालिकालाई २१ दिनअघि त्यहाँ ल्याइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्