Logo

नेपालमा थप ११ सय ६७ जनामा कोरोना संक्रमण



काठमाडौँ, २५ पुस। आज नेपालमा कोरोना भाइरसका ११ सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३२ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १४ हजार २ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ६ सय ३२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot