Logo

कोरोना फैलिएपछि कडाई, हटस्पटहरुमा लकडाउन हुनसक्ने



काठमाडौं, २५ पौष । कोरोना भाइरस फैलिएपछि सरकारले कडाई गरेको छ । राजनीतिक दलको भेलाहरुबाट बढी संक्रमण फैलिएपछि २५ जनाभन्दा बढी भेला हुन निषेधको निर्णय भएको छ ।

विद्यालयहरु बन्दको आग्रह गरिएको छ । सिनेमा तथा होटल रेष्टुरेन्टमा जान भ्याक्सिन लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने नियम बनाइएको छ ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले कोरोना भाइरस व्यापक रुपमा फैलिइरहेकाले सतर्कता अपनाउन यस्तो निर्णयहरु गरेको बुझिएको छ । यातायात सञ्चालनमा समेत नियममा कडाई गर्ने तयारी भएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन र बुस्टर डोजमा सरकारले जोड दिएको छ । भ्याक्सिन अनिवार्य गर्दै नलगाएकालाई हिडडुल गर्न पनि कडाई गर्नेबारे सरकारले तयारी गरेको बुझिएको छ ।

संक्रमणलाई दृष्टिगत गरी हटस्पटहरुमा लकडाउनसम्म जानसक्ने गरी छलफल भएको बुझिएको छ । पूर्ण लकडाउन नगरेपनि भ्याक्सिन नलगाएकाहरुको हकमा कडाई गर्ने तयारी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्