Logo

दाङमा बस दुर्घटनाः १ शिशुको निधन, ९ जना घाइते



काठमाडौं, २६ पुस । दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डमा वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा असिर आलमका छोरा नानु आलमको ज्यान गएको प्रहरीले जनाएको छ । राप्ति गाउँपालिका–५ सिसहनियाँमा रहेको दालाई खोला नजिक भएको दुर्घटनामा परेका ९ महिने बालकलाई उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो । बसमा २० जना यात्रु सवार थिए ।



प्रतिक्रिया दिनुहोस्