Logo

लकडाउनको पक्षमा नरहेको केजरीवालको भनाइ



एजेन्सी, २६ पुस। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमणको गति निकै तीव्र रहेपनि सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । पछिल्ला तथ्यांकको विश्लेषण गरेर आफूले यस्तो आग्रह गरेको केजरीवालको भनाइ छ ।

‘एक जनाले ज्यान गुमाउनु पनि ठीक होइन । तर जब हामी अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्छौं, मृतकको संख्या निकै कम पाइएको छ,’ केजरीवालले भने, ‘गत वर्ष २० हजार संक्रमित भेटिएका बेला त्यही संख्यामा अस्पतालका बेड भरिएका थिए । अहिले करिब डेढ हजार मात्र अस्पतालमा छन् ।’ उनले गत वर्षको तुलनामा अहिले अस्पताल पुग्नुपर्ने तथा ज्यान गुमाउनेको संख्या निकै कम रहेको जनाए ।

तत्कालका लागि आफू लकडाउनको पक्षमा नरहेको केजरीवालको भनाइ छ । ‘मास्क लगाउन र भौतिक दूरी कायम गर्न धेरै नै आवश्यक छ,’ उनले भने, ‘सबैले त्यति गर्दिनुभयो भने लकडाउन हुने छैन ।’ दिल्लीमा एक वर्षअघि दोस्रो लहरका बेला मे ७ मा २० हजार संक्रमित भएका थिए । त्यस दिन ३ सय ४१ जनाको मृत्यु भएको थियो । तेस्रो लहरका बेला जनवरी ८ मा संक्रमितको संख्या समान रहे पनि जम्मा ७ जनाले मात्र ज्यान गुमाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्