Logo

कोरोनाको कारण एमसीसी अध्ययन कार्यदलको बैठक प्रभावित



काठमाडौं, २६ पुस । सत्ता गठबन्धनको ‘एमसीसी अध्ययन कार्यदल’को बैठक प्रभावित भएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययन गर्न गठित कार्यदलको बैठक कोरोना भाइरसको कारण प्रभावित भएको हो ।

एकिकृत समाजवादीका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पुस पहिलो साता ३ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र संचारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् । नेता श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

कार्यदलको पहिलो बैठक पुस ७ गते बसेको थियो । दोस्रो बैठक बस्ने भन्दा भन्दै कोरोना संक्रमण बृद्धि भएको कारण बस्न नसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्